सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लोकप्रिय हिन्दी वेब सिरिज ‘पञ्चायत’ को बहुप्रतीक्षित पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ । निर्माण कम्पनि ‘द भाइरल फिभर’ (टीभीएफ) ले हालै ट्रेलर सार्वजनिक गरेको छ, जहाँ नयाँ प्रधान बनेका क्रान्ती देवी र उनका पति बनराकसले सत्ता सम्हालेपछि आउने परिस्थितिलाई चित्रण गरिएको छ ।

यस सिजनमा फुलेरा गाउँको राजनीतिक समीकरणमा ठूलो फेरबदल देख्न पाइनेछ । कथामा नयाँ राजनीतिक द्वन्द्व, हास्यव्यङ्ग्य र नाटकीय मोडहरू थपिनेछन् । बनराकसले फुलेरा गाउँलाई नयाँ दिशा दिन सक्छन् वा उनको दाबी चुनावी नौटङ्कीमा मात्रै सीमित हुन्छ भन्ने विषय यस सिजनको मुख्य आकर्षण रहनेछ ।

सिरिजमा ‘सचिवजी’को भूमिकामा जितेन्द्र कुमार पुनः देखिनेछन् । उनीसँगै रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैजल मलिक, सान्विका र अशोक पाठकलगायत कलाकारले अभिनय गर्नेछन् । यसअघिका चार सिजनबाट दर्शकमाझ लोकप्रिय बनेको ‘पञ्चायत’को पाँचौँ सिजनलाई लिएर दर्शकमा उत्सुकता बढेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com