सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्रीद्वय सनी रौनियार र हनी रौनियारका पुजनीय पिता तथा बिजिनेस म्यान रास बिहारी रौनियार ( आर. बि. रौनियार )को निधन भएको छ। उनले शनिबार राति यस संसारबाट बिदा लिएका हुन्।

नेपाली बिजेनेस जगतमा लेजेण्डको रुपमा परिचित उनि सन् १९४६ मा जन्मिएका थिए। उनि देशको आर्थिक रूपान्तरणको साक्षी र एक महत्वपुर्ण  हिस्सा थिए। उनको परिवारले नेपालमा कपडादेखि क्लियरिङ र फर्वार्डिङ सेवासम्म विभिन्न व्यवसायहरू स्थापना गरेका हुन् ।

रौनियार आफैंले रासायनिक मल, डिपार्टमेन्ट स्टोर र यातायात लगायत नेपालमा धेरै उद्योगहरूको अग्रगामी भूमिका खेलेका थिए। उनले जलविद्युत प्लान्ट र दूरसञ्चार सञ्जाल जस्ता परियोजनाहरूमा योगदान गर्दै नेपालको पूर्वाधारको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

वीरगन्जमा देशको प्रारम्भिक सुख्खा बन्दरगाह स्थापनाका लागि विश्व बैंकसँग भएको वार्तामा पनि रौनियार संलग्न थिए । वास्तवमा वीरगन्जको सुख्खा बन्दरगाह र विराटनगरको आन्तरिक कन्टेनर बन्दरगाह सञ्चालनमा उनिनै  अग्रगामी थिए।

यसबाहेक, रौनियारले मल्टिमोडल सामान ढुवानी ऐनको मस्यौदामा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

रौनियारको विरासत उनको उद्यमशीलता, नवप्रवर्तन र नेपालको विकासप्रति प्रतिबद्धताको प्रमाण हो। उनले देशको व्यापार परिदृश्यमा अमिट छाप छोडेका छन।

त्यसो त् अभिनेत्रीद्वय सनी र हनीले पनि नेपाली सिने नगरीमा आफ्नो समयमा अभिनयका बलले छुट्टै योगदान दिएका छन। अभिनेत्री सनीले आदर्श नारी, प्रेम पिण्ड, सडक, सिता, दैव सन्जोग जस्ता चलचित्रमा अभिनय गरेकी छिन भने अभिनेत्री हनीले आदर्श नारी र नेकोन एयर लगायतका केहि विज्ञापनमा काम गरिसकेकी छिन।

रास बिहारी रौनियार ( आर. बि. रौनियार ) चर्चित फोटोपत्रकार बिकास रौनियारका काका हुन् भने निर्देशक सम्झना उप्रेती रौनियारकि काका ससुरा हुन् ।

शोकाकुल परिवारलाई समवेदना साथै  धर्य धारणको कामना।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com