सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रमा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

 

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com