सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘१२ गाउँ’को एक्सन प्याक ट्रेलर रिलिज भएको छ।  टिजर र गीत सार्वजनिक भएसँगै एक किसिमको हाईप क्रिएट गरेको फिल्मको अब भने निर्माण टिमले प्रसार स्वरुप ट्रेलर सार्वजनिक गरेको हो। ३ मिनेट १४ सेकेन्ड लामो फिल्मको ट्रेलरमा फिल्मका मुख्य पात्रहरु विराज भट्ट, समिर भट्ट, न्यान्सी खड्का, सोनु चन्द्रपाल लगायतका कलाकारहरुलाई केन्द्रमा रखिएको छ। साउथ इन्डियन फिल्मको झल्को दिने फिल्म ब्याकराउण्ड म्युजिक र सिनेम्याटोग्राफी तारिफ योग्य देख्न सकिन्छ।

विराज भट्टको दोश्रो निर्देशकीय फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । फिल्ममा सरस्वति भट्टको लगानी रहेको छ।

दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गरेका छन। एक्सन–थ्रिलर जनरामा बनेको फिल्ममा विराज भट्ट, समिर भट्ट, न्यान्सी खड्का, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, सनिशा भट्टराई, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

फिल्मलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युट गर्नेछ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com