सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज बडादशैँको पहिलो दिन यानी घटस्थापनाको दिन,आजबाटचलचित्र ‘बेहुली फ्रम मेघौली’ सार्वजनिक प्रदर्शनमा आएको छ । नायिका तथा निर्माता स्वस्तिमा खड्काको चलचित्रले हिजो प्रिमियर शो मा झैँ आज बिहान देखिको शो बाट नै चौतर्फी तारिफ बटुल्न थालिसक्यो । चलचित्रले बक्स अफिसमा सुखद् ओपनिङको सुरुवात गरेको छ । सोमवारबाट देशभरका मल्टिप्लेक्सहरुले खुला गरेको ‘ ‘एड्भान्स बुकिङ’ मा फिल्मप्रति राम्रो क्रेज देखिएको छ । बाढी पहिरोले बनाएको अहिलेको अवस्थामा पनि चलचित्र हेर्न दर्शहरु हलहरुमा उर्लिएका छन् । चलचित्रलाई दर्शकहरुले मन पनि पराइ रहेका छन् । स्वस्तिमा पनि आफ्ना टिमका साथमा दर्शक प्रतिक्रिया बुझ्न हलहरुमा पुगेकी छ्न ।
प्रदर्शनको पूर्व सन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा बुधवार साँझ चलचित्रको भव्य प्रीमियर गरिएको थियो । चलचित्र भित्र झैँ अभिनेत्री नायिका स्वस्तिमा खड्का महिन्द्रा कम्पनीको ट्रयाक्टर चलाएर राधेराधेस्थित भाटभटेनी परिसरमा पुगेकी थिइन् । स्वस्तिमा ट्याक्टर चलाएर भाटभटेनी पुग्दा उनलाई हेर्न दर्शकको ठूलो भीड उर्लिएको थियो ।
चलचित्रको प्रीमियर शोमा कलाकारहरु हरिवंश आचार्य, निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, अभिनेताहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, अभिनेत्रीहरु प्रियंका कार्की, आना शर्मा लगायतको उपस्थिति रहेको थियो । चलचित्र हेर्न आएका सबै कलाकारहरुलेचलचित्रको र स्वस्तिमा खड्काको तारिफ गरेका छन् ।
चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।
प्रिमियर शो मा चलचित्रलाई औधि मन पराइएको कमेडीप्रधान ट्रेलरबाट दर्शकहरुलाई आकर्षित गरेको यो चलचित्रले पारिवारिक दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।
चलचित्र ‘बेहुली फ्रम मेघौली’ आज असोज १७ गतेदेखि रिलिज भएको छ ।
प्रतिक्रिया