सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही असोज २४ गते फूलपातीको दिनबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक भएको दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।

ट्रेलर चलचित्रका मुख्य पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ ।

ट्रेलरमा चलचित्रकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिष्पर्धा गरेको देखाइएको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् ।

ट्रेलरमा चलचित्रका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

रेड आइ फिल्मस्को व्यानरमा निर्मित र राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेकोचाचित्रमा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ ।

चलचित्र ‘ज्वाइँ साब’असोज २४ गते फूलपातीको दिनबाट रिलिज हुँदैछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com