सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री नीता ढुंगानाको अभिनय तथा लगानी रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले सुरुवाती दुई दिन आक्रामक व्यापार गरेको छ ।

शुक्रबार र शनिबार दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएकाले वीक डेमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । यसबीच यो चलचित्रले नेपालगञ्जमा भने इतिहास रचेको छ । पहिलो पटक दर्शकको अत्याधिक माग भएपछि राती ११ः४५ बजे शो चलाइएको हल सिइओ रितेश श्रेष्ठले बताए । ‘हाम्रो हलमा शनिबार ४ शो दिएका थियौं । ती सवै शो हाउसफूल भएपछि दर्शकको डिमाण्ड अनुसार नै मध्ये रातमा शो चलाएको उनले बताए ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com