सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा हिजो बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ एक समारोह बीच सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।

‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ अवार्ड विजेताहरूको सूची यस प्रकार रहेको छ :

नेपाली चलचित्र ‘आमा’ की आमा अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको छ भने
उत्कृष्ट फिल्म: बुलाकी
उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायांकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी फिल्म: लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार

अभिनेत्री: स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक फिल्म: जारी
विशेष योगदान सम्मान

तैय्यव शाह: कलाकार
कृष्ण प्रसाद रायमाझी: प्रदर्शक
नारायण प्रधान: द्वन्द निर्देशक
विद्या कार्की: कलाकार
नरेन्द्र महर्जन: प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव: कलाकार/निर्माता
भोज बहादुर गुरुङ: निर्देशक/निर्माता
अमुल कार्की ढली: सङ्गीत संयोजक
ध्रुव कुमार श्रेष्ठ: प्रदर्शक
बुद्धि तामाङ: कलाकार
सबिता गुरुङ: कलाकार
विशेष फिल्म पुरस्कार

सतीदेवी
सुगुप (लिम्बु भाषा)
मार्कली (गुरुङ भाषा)

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com