सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक छेवाङ लामा स्वरमा नयाँ गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ ।
एक देव लिम्बुको शब्द तथा सङ्गीतमा रहेको नयाँ गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ ।
केन्द्र मोसन पिक्चर्स बाट सार्वजनिक गरिएको प्रेमिल साङ्गीतिक कोसेलीलाई बिटू (गेन स्टुडियो)ले तयार गरेको हो भने म्युजिक भिडियोलाई मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार गरेका हुन् ।
आकाश पौडेलको निर्देशन रहेको म्युजिक भिडियोमा विकेश मगरको छायाङ्कन, सम्पादन तथा कलरिङ देख्न सकिन्छ। सार्वजनिक गीतमा मनिष गन्दर्भले सारङ्गीको काम गरेका छन् भने सन्तोष सिं ठाकुरले क्रिएटिम निर्देशन तथा नवीन निरौलाले लाइटिङको काम गरेका छन् ।
©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com