सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता मुनाल घिमिरे,निर्देशक ऋषी लामिछाने तथा लेखक सामीप्यराज तिमिल्सिना रहेको चलचित्र ‘माग्ने राजा’ मा कलाकारहरुको रमाइलो लाइनअप शुरु भएको छ ।
शिर्षभूमिकामा कमेडी राजा केदार प्रसाद घिमिरे अर्थात् माग्ने बुढा अनुबन्धित भएका छन् भने उनको चलचित्र जोडीका रुपमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन भने अहिले टिकटक, टेलिभिजन हुँदै मोडलिङमा आएकी मिस पबी यानी पवित्रा साकीले पनि अहिले चलचित्र ‘माग्ने राजा’ साइन गरेकी छिन । यो उनको डेब्यु चलचित्र हुनेछ । यस अघि उनले साइन गरेको डेब्यु चलचित्र सुटिङ्ग हुन सकेन ।
मिस पबी सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेतमा काम गरेकी कलाकार हुन् । अहिले उनी विक्की अग्रवालले निर्देशन गरिरहेको हास्य कार्यक्रम ‘कमेडी दरबार’ मा ब्यस्त छन् ।





                                    
            



प्रतिक्रिया