सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’ पनि नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर प्रदर्शन हुने भएको छ । बिहीवार चलचित्रका वितरक करण श्रेष्ठले एउटा तस्विर आफ्नो सामाजिक संजालमा शेयर गर्दै चलचित्र आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् । मल्टिस्टारर रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट प्रालि, रिच इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले वितरणको काम गर्नेछन् ।
लामो अन्तराल पश्चात महानायक राजेश हमाल को पुनरागमन रहने चलचित्रमा सामाजिक साथै द्वन्दको कथा रहने छ ।
चलचित्रमा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिशा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, समाइरा थापा, प्रकाश कुँवर, रमेशचन्द्र आदि कलाकारहरुको अभिनय रहने छ ।
चलचित्रलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् । महत्वाकांक्षी चलचित्र ‘नरसिंहाः अवतार’ का द्वन्द निर्देशक चन्द्र पन्त हुन् भने चलचित्रका निर्माताहरु नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने तथा नरेन्द्र महर्जन रहेका छन् ।
प्रतिक्रिया