सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘जन्ते बाख्रो’ को आज शुक्रबार  काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।

सन्तोष गौतमको निर्माण रहने चलचित्रको मुहूर्त कार्यक्रममा चलचित्रका कलाकारहरु र निर्देशक, लगायत  अन्यको उपस्थिति रहेको थियो । कमेडी कथावस्तुमा निर्माण हुने चलचित्रलाई  प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा कलाकारहरु सौगात मल्ल र गरिमा शर्मासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

चलचित्र पुस २० गतेदेखि छायांकनका लागि जानेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com