सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक तथा दोहोरी गायक प्रकाश कटुवाल यस्तो शब्दसहित आफ्नो नयाँ गीत ‘घोडा चढेर’ लिएर दर्शकमाझ आएका छन् । यो गीतको भिडियोलाई गायक कटुवालले आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका हुन् ।
काँठो भाकाको यो गीत निकै रमाईलो छ । यो गीत रोमाञ्चकसँगै नृत्य प्रधान शैलीमा तयार गरिएको छ । गीतमा गायक प्रकाश कटुवाललाई महिला स्वरमा गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन् ।

माघ महिना सुरु हुँदैगर्दा अविवाहितका लागि गीतबाटै विवाहको प्रस्ताव राख्न सहज होस भनेर यो रमाईलो गीत सार्वजनिक गरिएको गायक प्रकाश कटुवालले बताएका छन् । गीतमा मन परेको प्रेमीकालाई घोडा चढेर जन्तीसहित आएर केटाले लाने कुरा गरिएको छ ।

यो माधुर्य गीतलाई विनोद ढकालले लेखेका हुन् । गीतमा संगीत भने गायक प्रकाश कटुवाले नै सृजना गरेका छन् । यो गीतमा संगीत सँयोजन कमल सुरागको छ भने कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

विवाहको लागि सजाईएको जस्तो सुन्दर देखिएको घरको आँगनमा बसेर दोहोरी खेल्दै यो गीतको भिडियोलाई त्यत्तिकै रमाईलो बनाईएको छ । गीतमा केटाले केटी पक्षलाई बेहुली बन्न प्रस्ताव राखिएको छ । तर केटी पक्षले विभिन्न बहाना गरेको देखिन्छ । गायनसँगै मोडलहरुको नृत्य आकर्षक बनेको छ ।
यो गीतको भिडियोलाई काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन मा काजिश गरेका हुन् । जसमा काजिश श्रेष्ठसँगै लोमस शर्मा, गीता ढुंगाना र यशु भट्टराइको मुख्य भूमिका रहेको छ । गीतको भिडियोमा अन्य कलाकारको पनि नृत्य एवम् अभिनय रमाईलो छ ।

गीत घोडा चढेरको भिडियोमा दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको, सरिता मगरको सृंगार रहेको छ । गीत र भिडियोलाई स्मृति म्युजिक प्रा.लि.ले निर्माण गरेको हो ।

 

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com