सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’रिलिज भएको छ। रिलिज गीतमा आपत्ती परेको समयमा सन्तानले बुवाप्रति शब्द मुख्य पात्रले खर्चिएका छन्।

यस गीतको शब्द रचना यस चलचित्रका अभिनेता प्रदीप दिपले लेखेका हुन् भने संगीत अभि सुनारको छ। यस्तो मार्मिक गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छन्। गीतको भाव अनुसार नै छायांकन भएको यो गीतको भिडियोमा चलचित्रका कलाकारले उदाहरणिय अभिनय गरेका छन्।

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको चलचित्र पछिल्लो समय चर्चामा छ। प्रचार–प्रसारमा उतिकै तिब्रता पाइरहेको यस चलचित्रलाई हिट निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।

चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।

यस चलचित्रको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जुन दर्शकमाझ निकै लोकप्रिय पनि बन्यो। यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाई छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा क्रान्तीकारी शैलीको छ। जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।

यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ।

चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस चलचित्रलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।

नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। देशभित्र र बाहिर एकसाथ तातिरहेको चर्चाले ‘हली’ ले हलमा राम्रो व्यापार गर्ने स्पष्ट संकेत देखाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com