सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन २ गतेबाट रिलिज हुनेचलचित्र ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने चलचित्रमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्

सलोन नै प्रस्तुतकर्ता रहेको चलचित्रको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट चलचित्रको प्रचारप्रसार सुरु गरेका छन् । गायकगायिका तथा चलचित्रका कलाकारलाई महोत्सव आफ्नो चलचित्र तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् ।

सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाँचेका थिए । उनले आफू पहिलो पटक निर्माताका रुपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्लाचलचित्रहरुजस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे । ‘महोत्सवमा सयौं दर्शकमाझ चलचित्रको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो चलचित्रलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रमा सलोन, नम्रता र आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com