सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता मुनाल घिमिरे,निर्देशक ऋषी लामिछाने तथा लेखक सामीप्यराज तिमिल्सिनाको चलचित्र ‘माग्ने राजा’ मा कलाकारहरुको रमाइलो लाइनअप शुरु भएको छ ।
चलचित्र ‘माग्ने राजा’ मा अहिले अभिनेता आर्यन सिग्देललाई महत्त्वपूर्ण भूमिकाका लागि शनिबार निर्माता मुनाल घिमिरे र निर्देशक ऋषी लामिछानेले अनुबन्धित गरेका छन् ।
शिर्षभूमिकामा कमेडी राजा केदार प्रसाद घिमिरे अर्थात् माग्ने बुढा अनुबन्धित भएका छन् भने उनको चलचित्र जोडीका रुपमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन भने टिकटक, टेलिभिजन हुँदै मोडलिङमा आएकी मिस पबी यानी पवित्रा सार्कीले पनि चलचित्र ‘माग्ने राजा’ साइन गरेकी छिन ।
सामिप्यराज तिमिल्सनाको पटकथा तथा संवाद लेखन रहेकोचलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्दैछन भने चलचित्रको संगीत दीपक शर्माको रहनेछ ।
प्रतिक्रिया