सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको साथै निर्देशक दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दुःखी आत्मा’ को भक्तपुर दरबार स्क्वायर परिसरमा नयाँ गीतको छायांकन गरिएको छ ।

उक्त गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रको गीतको भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज रहेको छ ।


अहिले चलचित्र ‘दुःखी आत्मा’ को टिजर पश्चात  सामाजिक संजाल टिकटकमा ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ ।

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा,अनुपविक्रम शाहि,दिया मास्के र शिशिर बाङदेल लगायतका कलाकारहरुको अभिनय रहेको छ |

चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता सामेल गरिएको छ । आलोक शुक्लाद्वारा छायांकन गरिएको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका छन । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

चलचित्र ‘दुःखी आत्मा’ फागुन २ गते (भ्यालेन्टाइन्स डे) प्रदर्शनमा आउने छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com