सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –आज शुक्रबारबाट प्रदर्शन अन्तर्गत देशभरिका चलचित्र भवनमा नयाँ नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ ।
उक्त चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन् । उनी तिन दशकपछि यही चलचित्र मार्फत निर्देशनको क्षेत्रमा फर्किएका छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
प्रतिक्रिया