सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारंग’ को हिजो भव्य समारोहबिच काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको थियो । प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दैअभिनेत्री ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो परिवर्तन दिएको बताएकी छन् ।
प्रिमियर शो पछि सञ्चारकर्मीहरसँग चलचित्र हेर्न आएका कलाकारहरुले चलचित्रको बारेमा तारिफ गरेका छन् ।
चलचित्रमा परिवारको कलहका कारण बच्चामा पर्ने असर लाई प्रस्तुत गरेको छ। साथमा दुई फरक आर्थिक हैसियतका बालकहरुको मित्रतालाई पनि ट्रेलरमा देख्न सकिन्छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको चलचित्रको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम,साथ,समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ ।
चलचित्रमा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् ।
बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको चलचित्र गोपाल रायले खिचेका हुन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।
चलचित्रलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ ।
प्रतिक्रिया