सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ को  प्रचार गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारहरु समेटिएको प्रचार गीत मिठो शब्द र सुरीलो शुर रहेको र सामाजीक संजालमा भाईरल हुने खालको बनेको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका माला लिम्बु संग अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ ,विजय बराल ,मुकुन्द श्रेष्ठ,अर्पण थापा ,अर्जुन घिमिरे ,हरि निरौला ,सागर लम्शाल ,गजित बिस्ट साथै महेश त्रिपाठी फिचर्ड भएका छन् ।

गाउँउघरको मेलामा नेता देखि कार्यकर्ता साथै मेला  भर्न आउने हरुको रमाइलो प्रसङ्ग राखेर हेर्दा राम्रो लाग्ने गरि गीतको छायांकन गरिएको छ ।

गम्भीर बिस्टले नृत्य निर्देशन गरेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन्  भने गीत सहित चलचित्र छायांकन सुदीप बरालले गरेका छन्

हेर्दा हेर्दैमा गीतलाई शान्ती श्री परीयार र आशिष अविरल ले आफ्नो मिठो शोर भरेका छन् भने आनन्द अधिकारीको  शब्द रचनामा कृष्ण भारद्वाजले संगीत दिएका छन् ।

यस अघि सार्वजनिक टिजरले चलचित्रका कथावस्तु र चरित्र चित्रणबारे रिभिल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । धुर्मुस र विजय बरालसहित चलचित्रका सबै कलाकारको झलक टिजरमा देख्न पाइन्छ । त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढईएको छ ।

कुमार कट्टेलको निर्देशन / कथामा, कुमार कट्टेल संग दीपक आचार्यको पटकथा रहेको छ । चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

वैदेशिक रोजगार र युवाको श्रमशक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो। कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाडे’ रहेको चलचित्रको निर्माता नबिन श्रेष्ठ हुन् भने सह निर्माताद्वय सिर्जना खड्का र राम नरेश शाह रहेका छन् ।

फागुन १४ बाट  चलचित्र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com