सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र ‘द्रौपदी’ को गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । रवी ओड र इन्द्रकला राईको अवाज रहेको गीतको शब्द ऋषिराज आचार्यले लेखेका छन् भने संगीत् रवी ओडको रहेको छ । मायाप्रेम भाव रहेको गीत सुन्दा सुमधुर लाग्छ ।
उक्त गीतमा आश्विनी शाही र ऋषिराज आचार्य फिचर्ड भएका छन् ।
अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको चलचित्रलाई डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।
महिला संवेदनामा आधारित चलचित्रले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको छ ।
चलचित्रमा कलाकारहरु आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य आदिको अभिनय रहेको छ ।
चलचित्रमा कथा, पटकथा, सम्बाद, गीत तथा निर्देशन ऋषिराज आचार्यले नी लेखेका छन् । चलचित्रको गीतमा रबि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई चलचित्रका सह–निर्माता हुन् । आरबि मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली रहेका छन् ।
चलचित्र आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ ।
प्रतिक्रिया