सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज शुक्रवार यानी माघ २५ गते देखि देशभरीका चलचित्र भवनहरुमा तीन नयाँ चलचित्रहरु प्रदर्शनमा आएका छन्  । दर्शकहरुले ‘जुनाः एक व्यथा’, ‘सारंग’ र ‘ममी’ प्रदर्शनमा आएका छन् ।  यी तीनै चलचित्रहरु तिन भिन्न जनाराका रहेका छन्  ।

चलचित्र ‘जुना’ बाल विवाहले निम्त्याउने समस्याका साथै गाउँले परिवेशलाई चित्रण गरिएको छ भने चलचित्र ‘सारंग’ बाल मनोविज्ञानमा आधारित छ । बालबालिकाको अगाडि अभिभावकले के कस्तो व्यवहार गर्नु पर्छ भन्ने भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । त्यसै गरी अर्कोचलचित्र ‘ममी’ एउटा फ्यामेली थिर्लर जनरामा बनेको छ ।

यतिबेला दर्शक कुन चलचित्र हेर्ने भन्ने दोधारमा छन् । अब हेर्न बाँकी के छ भने यी तीन वटै चलचित्रहरु मध्ये कुन चलचित्रले मार्ला त बाजी ?

चलचित्र ‘ जुना ‘जीवन सेन्चुरीद्वारा निर्देशित हो भने यसमा कलाकारहरु अस्मिता ढकाल, कृष्ण प्रसाद ढकाल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, आश्मिता बस्नेत, खगेंद्र न्योपाने, विकास आनन्द, इन्द्र विक, केशव अधिकारी आदिले अभिनय गरेका छन् ।  त्यस्तै बाल मनोविज्ञानमा आधारीत रहेर बनेको चलचित्र ‘सारंग ‘ को निर्देशन प्रशान्त तामाङले गरेका छन्  । चलचित्रमा रीचा शर्मा, उत्पल झा, आदित्य कार्की, सम्राट थापा, समीर मणि दीक्षित, मणि के। राई, सूरज तामाङ, निरज ब्ल्याक, अनिशा न्योपाने, दिपिका थापा, विश्वो स्याङ्बो, प्रभात श्रेष्ठ, सुमन जंग आदि कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी  समर निरौलाद्वारा निर्देशित चलचित्र ‘ममी’, जसमा प्रियंका कार्की, सुलक्षण भारती, दीया मस्के, समिप निरौला, आयुषी ढकाल, जिविस श्रेष्ठ, घनश्याम जोशी, गीत बिष्ट, गुराँस ढकाल, हरी कुमार भण्डारी, महेन्द्र मैनाली, प्रकाश बान, शिवांश सिलवाल आदि कलाकारहरुले अभिनय गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com