सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण तथा मोहितवंश आचार्य र सरोज ओलीको निर्माण छयांकन भैरहेको साथै दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ।

हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकार रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा छायांकन हुनेछ । सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट, कथा रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com