सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मायाबी’ को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले १० लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको फिल्म सेक्सन अन्तर्गतको दुई नम्बर ट्रेन्डिङमा परेको छ ।
दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनिरहेका छन् । टिकटकमा अहिले ‘मायाबी’ को विषयवस्तुलाई लिएर दर्शकमा उत्साह देखिएको छ । दर्शकले चलचित्रको संवाद र यसको कथावस्तु लाई मन पराएको देखिएको छ साथै चलचित्रको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा २४ हजार भन्दा बढी लाइक र ३ हजार ३ सय भन्दा बढी प्रतिक्रिया आएका छन् ।यस चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तको लगानी रहेको छ ।
प्रतिक्रिया