सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुन १४ गते अर्थात भोलि बुधवार महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायावी’ को सोमवार साँझ कीर्तिपुरको ‘कीर्तिपुर सिने प्लेक्स ‘ मा भव्य प्रीमियर शो राखिएको थियो ।

चलचित्रको प्रीमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमाल बुधवार साँझ कीर्तिपुरमा आयोजित दिवाकर भट्टराईद्वारा निर्देशित चलचित्र ‘मायावी’ को प्रीमियरमा पुगेका थिए ।

अभिनेता हमाल चलचित्र हेरेपछि भने– ‘मैले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाइएको रहेछ । यो लभ स्टोरी फिल्म विशेष छ ।
‘मायावी’ को प्रीमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, मिस नेपाल उषा खड्गी, अभिनेत्री सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाललगायत चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै, चलचित्रका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंश महर्जन, नयाँ अभिनेता समीम खानको उपस्थिति रहेको थियो ।  चलचित्रका मुख्य अभिनेता पल शाह भने ‘मोहर’ चलचित्रको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।

लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा चलचित्र बनेको चलचित्रकर्मिहरुको भनाई छ ।

चलचित्रमा कलाकारहरु पल शाह, दिपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका रहेको छ ।

क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन यसका लगानीकर्ता हुन् । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता रहेका छन् ।
चलचित्रमा राजु विक्रम थापाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको नृत्य निर्देशन छ ।

महाशिवरात्रिको दिन देखि नै प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायावी’ को पनि सोमवारबाट बुकिङ खुला भएको छ ।
सोमवार साँझदेखि नै देशभरका मल्टिप्लेक्समा चलचित्रले सुखद शो पाएको छ । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले चलचित्रको शो खुलाएका हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com