सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको साथै केदार घिमिरे ‘माग्ने बुढा’ को शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन प्रारम्भ भएको छ । आज बुधवार भक्तपुरको सूर्य विनायकमा पूजा गरी आजैदेखि काभ्रेको बल्थलीबाट सुटिङ प्रारम्भ गरिएको छ ।।
चलचित्रमा कलाकारहरु केदार प्रसाद घिमिरे अर्थात् माग्ने बुढा, सिग्देल, वर्षा शिवाकोटी,विल्सनविक्रम राई,पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय रहनेछ ।
चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन भने चलचित्रका निर्माता मुनाल घिमिरे हुन् ।
चलचित्र आगामी तीजमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया