सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’ ले प्रदर्शन मिति घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते प्रदर्शन हुनेछ । चलचित्रमा कलाकारहरु दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतका अभिनय रहनेछ ।

सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको ‘वरिष्ठ बलराम’ निर्देशन गर्न लागेको चौथो चलचित्र हो । चलचित्रका लागि आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ । चलचित्रमा मन कृष्ण महर्जनको छायांकन रहनेछ  । चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य द्वन्द निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहने छ । ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com