सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको चलचित्रले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो ।
दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै चलचित्रका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि चलचित्रका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । चलचित्र हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।
दर्शक प्रतिक्रिया पश्चात मिडियासँग कुरा गर्दै चलचित्र निर्देशक निरोज महर्जनले सिनेमालाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सवैको राम्रो साथ पाइरहेको बताए । ‘आफुले चलचित्र जे सोचेर बनाएको थिए । त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ,’ निर्देशक महर्जन भने ।
यता चलचित्रका मुख्य अभिनेता विनय श्रेष्ठले चलचित्रले मज्जाले दर्शकलाई फिलिली बनाएको दर्शक पनि बढिरहेको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ । विकेन्डमा चलचित्रले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ ।
चलचित्रका अर्का अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले बुधबार र बिहीबार जति दर्शकले सिनेमा हेर्नु भयो राम्रो भन्नु भएकाले दर्शकहरु विभिन्न कारणले हलमा पुग्न नसकेको हुन सक्ने भन्दै विस्तारै बढ्दै जाने बताए । धेरै दर्शक हल आउन खोज्दै हुनुहुन्छ होला, केही आइसक्नु भयो होला । केही दर्शकले वर्डअफ माउथको प्रतिक्रिया बुझ्दै हुनुहुन्छ होला । त्यसैला शनिबार हलमा दर्शकको राम्रै चाप देख्न पाइने विश्वास उनको छ ।
चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला चलचित्रको तुलनामा यो सिनेमामा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र चलचित्रलाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।
चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया