सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्र ‘आउटलः दफा २१९’ एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । सुशिल श्रेष्ठको दमदार एक्सन भरिपुर्ण,वर्षकै प्रतिक्षित एक्सन चलचित्रको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउनेमा दुइ मत नहोला ।

चलचित्रमा कलाकारहरु सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतकाहरुको अभिनय रहेको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।

विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ,नविन गुरुङको छायांकन छ ।

चलचित्रको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको चलचित्रमा उनको काम पनि तारिफयोग्य देखिएको छ ।

चलचित्र फागुनको २९ गतेदेखि प्रदर्शनमा आउने छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com