सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’ को आज बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त गरि छायाङ्कन शुरु गरेको छ ।
चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते प्रदर्शन हुनेछ । चलचित्रमा कलाकारहरु दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई,प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतकाको अभिनय रहनेछ ।
सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको ‘वरिष्ठ बलराम’ निर्देशन गर्न लागेको चौथो चलचित्र हो । चलचित्रका लागि आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ । चलचित्रमा मन कृष्ण महर्जनको छायांकन रहनेछ । चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य द्वन्द निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहने छ । ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।
प्रतिक्रिया