सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्र  ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ  ।

केशव पाण्डेको डेव्यु निर्देशनमा, क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ ।

लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । यसर्थ चलचित्रले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ ।

चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

चलचित्र मा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com