सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्ने भएका छन्। रङ्ग हरुको पर्व होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ।

एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा चलचित्र ४ मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन्।

नवनायक अशोक आर्यन,बरिस्ट अभिनेता सुनिल थापा, बरिस्ट अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा चलचित्रमा अनुबन्धित भइ सकेका छन्। चलचित्रको लागी मुख्य नायिकाको खोजी भइ रहेको निर्माण टिमले बताएको छ । चलचित्र चैत दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा रहेको छ । रन्धिर श्रेष्ठकै छायांकन रहने यस चलचित्रमा द्वन्द सम्राट बस्नेतको रहनेछ। रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको चलचित्रको सह निर्माता ध्रुवराज पराजुली रहेका छन्। इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com