सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने चर्चीत चलचित्र ‘नरसिंहाः अवतार’ को सन् २००० मा मिस नेपालको ताज जितेकी मिस नेपाल उषा खड्गीको फस्टलुक सार्वजनिक गरेको छ । उनको डेब्यू अभिनय रहेको पहिलो चलचित्र ‘नरसिंहाः अवतार’ हुने भएको छ । सार्वजनिक पोष्टरमा मुस्कुराएकी उषाको पछाडि नरसिंहाको ठूलो तस्विर रहेको छ ।
एक्सन तथा प्रेम कथामा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निदेशन गरेका छन् । क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र दीपक ढकालले लगानी गरेका छन् ।
चलचित्रमा कलाकारहरु राजेश हमाल, सरोज खनाल,राज कटुवाल, उषा खड्गी, नीति शाह, सनिसा भट्टराई लगायतकाहरुको अभिनय रहेको छ ।
चलचित्रमा अभिनेता हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यही चलचित्रबाट अभिनेता हमाल ८ वर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।
प्रतिक्रिया