सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही शुक्रबारबाट प्रदर्शन मा आउन लागेका दुई नेपाली चलचित्र ‘पिताम्बर र कर्मा’को शो का लागि अग्रिम टिकट बुकिङ्ग खुलेको छ । क्यूएफएक्स चेन, बीग मुभिज, एफक्यूब सिनेमा, आइएनआई लगायतका हलहरुले वुकिङ खुलाएका हुन् ।
चलचित्र ‘पिताम्बर’ ले १०२ शो पाएको छ भने ‘कर्मा’ ले ७१ शो पाएको छ। रिलिजको दिनसम्म यो शो संख्यामा परिवर्तन हुनेछ। अन्य चलचित्र पनि हलमा प्रदर्शनरत रहेका छन्। यसका शो ले पनि दुवै चलचित्रका शो संख्यामा हेरेफेर हुनसक्नेछ।
चलचित्रको शोज थुप्रै हलमा खुल्न बाँकी रहेकोले पनि यी चलचित्रको शोज उच्च हुने देखिएको छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ । मल्टिस्टारर कलाकार, उच्च मार्केटिङ र बजारको डिमाण्डका कारण पनि फिल्मले उच्च शोज पाएको देखिन्छ ।
यस्तै, सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘कर्मा’ले पनि शोज सुखद पाएको छ । विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेकोचलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकामा यो समाचार तयार पार्दासम्म १७ शोज उपलब्ध गराएको छ । यो शोजमा अझै केही संख्या वृद्धि हुने देखिन्छ ।
यी दुबै चलचित्रबाट नेपाली फिल्म क्षेत्रले ठूलो आशा राखेका छन् । दुबै चलचित्रको व्यापारले नेपाली फिल्म क्षेत्रमा नयाँ तरंग पैदा गर्न सक्ने देखिन्छ ।
प्रतिक्रिया