सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आमा सरस्वती मुभिज एंड आई एम ई को प्रस्तुती गएको बर्ष २०८० को सुपरहिट चलचित्र ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट चलचित्रओटिटीमा रिलिज गरिएको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र गत दसैँमा प्रदर्शनमा आएको थियो । चलचित्रले बक्स अफिसमा १५ करोड माथिको ग्रस कलेक्सन गरेको थियो । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई दर्शकले ओटीटीमा पनि रुचाउने विश्वास गरिएको छ । चलचित्र युट्युबमा भने केही समयपछि आउनेछ |
प्रतिक्रिया