सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हरितारा चलचित्र पुरस्कारको संरक्षक श्री मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले विम २०८०/०८१ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ठ चलचित्रकर्मी अभिनेता श्री टिका पहारी र वरिष्ट चचित्रकमी अभिनेत्री श्री रेजीना उप्रतीलाई अर्पण गर्ने निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोग राखि स्थापना गर्नुभएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हकहितका साथै नेपाली कला मम्मांत एवं नेपालको गौरव देश विदेशसम्म पुऱ्याउन महत्वपूर्ण योगदान गर्नुभएकाले अभिनेता श्री टिका पहारीलाई २०८० मालको हरितारा चलचित्र पुरस्कार अर्पण गर्ने निर्णय गरिएको हो ।

यसै गरी २ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र उद्योगमा अभिनय कलाको माध्यमबाट चलचित्र र पेशाकमीका हकहितमा काम गर्दै आउनुभएकी अभिनेत्री श्री रेजीना उप्रतीलाई २०८१ सालको हरितारा चलचित्र पुरस्कार अर्पण गर्ने निर्णय भएको हो । लिखत सहित जनही २५,०००।- राशीको थैली पुरस्कृत व्यक्तित्वलाई अर्पण गरिने छ। यस अघि हरिताग चर्नावत्र पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्‌का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला आदिलाई अपण गरिएको छ । बैठकले यसै वर्ष देखि नगद रु १०,०००।- राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ। स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार संचारकर्मी श्री विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।

परिवर्तन नेपालको वैशाख ५ गतेको बैठकले श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार कलाकार तथा अधिवक्ता श्री कृष्ण ढुंगाना र निर्देशक तथा संचारकर्मी श्री सम्झना उप्रती रौनियरलाई अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कारको गर्नी जनही १०,०००।- रहेको छ । परिवर्तन नेपालको सोही बैठकले नेपाली चलचित्रको विकाश, विस्तार प्रवर्द्धनमा क्रियाशील गंर चलचित्र निर्माण, निर्देशन र अभिनय गर्दै आउनुभएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाललाई परिवर्तन-चचित्रकर्मी विशेग सम्मान २०८१ ले सम्मानित गर्ने निर्णय गरेको छ । साथै संचारकर्मी तुलसी गिरी भावुक संचारकर्मी कृष्ण भुषाल संचारकर्मी कमला जोशीलाई परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१ अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, शान्तिप्रिय रहनुभएको समितिले गरेको हो ।

२०८२ साल जेष्ठको पहिलो हप्तामा विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान अर्पण गरिने छ । समारोहका आयोजनाका लागि निर्देशक देवेन्द्र पाण्डेलाई कार्यक्रमको संयोजन र निर्देशक माधव राज खरेललाई कार्यक्रमको सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com