सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन् । अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई चलचित्रमा अनुबन्धित गराएको छ । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।
चलचित्र ग्रामीण परिवेशको सामाजिक कथामा बन्ने छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् ।
चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसङका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । चलचित्र ‘मिरमिरे’ २०८२ मा प्रदर्शनमा आउनेछ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
प्रतिक्रिया