सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र  ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रीलरका साथमा प्रेम, विछोड तथा बदलाको कथालाई समेटिएको छ । यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही चलचित्रका निर्माता हुन् ।

चलचित्र ‘मोहर’ को ट्रेलर मुख्यतया अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहका साथमा कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरि घुमेको छ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्रको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा तथा नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।

एउटी बालिकालाई देउकी चढाउने विषयबाट उठान भएको चलचित्रको ट्रेलर थुप्रै उतारचढावबीच अगाडि बढेको छ । चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्रप्रतिको चासो बढाउने देखिन्छ । दुई गीत तथा टीजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ । यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com