सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको लक्ष्मीपुजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले चलचित्रको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो।

सोमबार चलचित्रका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु चलचित्रमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्।

निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने चलचित्रका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट्ट,दिनेस काफ्ले ,रन्जन कोइराला,युबिक राज शाह,स्मृति कल्मर,एलिज पुन लगायत को अभिनय रहने छ।

निरुता र उत्तम कालजयी चलचित्र ‘दर्पणछाया ’को जोडीको रुपमा लोकप्रिय छन्। उत्तम र निरुतासँगै अब पूजा शर्माको पनि दमदार अभिनय चलचित्रमा दर्शकले हेर्न पाउने भएका छन्। पूजा पछिल्लोसमयकी चर्चित अभिनेत्री हुन्।

निर्देशक किरण नेपालीका अनुसार चलचित्रले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा मनिष गौतमको पटकथा,राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा आउन लागेका छन्।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com