सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो। पोखरा पुगेका विपना थापा,पल शाह,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेलकासाथमा चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन्। पोखरा पुगेसँगै निर्माण टिमले प्रेसमिट राखेको निर्माता रसालीले बताए।

उनका अनुसार पोखरामा चलचित्रको बारेमा थप जानकारी गराइएको हो। सोमबार मात्रै यो फिल्मलाई केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको थियो।

चलचित्रका निर्देशक चन्द्र पन्तले यस चलचित्रलाई थप प्रचारप्रसारमा सघाउन भारतबाट आएर अभिनेत्री विपना थापा,अर्का अभिनेता प्रदीप रावतले जोडबल गरिरहेको बताए। विपना र प्रदीपका अलवा नेपालमा रहेका अभिनेता पल शाह,उषा उप्रेती,सिमरन पन्त पनि उतिकै लागेका छन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस चलचित्रमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै चलचित्रको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन्। चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

चलचित्रको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।

स्मरण रहोस्, यस चलचित्रमा समावेश गीत लैजा खवर ए हावा र जाँदैछु नाै डाँडा काटेर चर्चा छ।जुन गीतले ३० लाख भन्दा माथी भ्युज कमाई सकेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com