सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छिन्। मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन्।

सरादत्तलाई स्वागत गर्न मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए। उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन्। मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै सरादत्तले नेपालका हिमालप्रति विशेष आकर्षण रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘पहिलोपटक नेपाल आएकोमा निकै खुसी लाग्यो। यहाँका माउन्टेनबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु।’

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com