सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ १ गते भोली माघे संक्रन्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘भाईरल गोर्खे’को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो ।

यो चलचित्रको प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए । जहाँ सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए ।

प्रिमियरमा चलचित्र हेरेर निस्केका अधिकांश पाहुनाले निर्देशक निगम निर्देशकिय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा भएको थियो । ‘भाईरल गोर्खे’ एक सुन्दर चलचित्र बनेकाले सम्पूर्ण दर्शकले हेर्न पर्ने प्रतिक्रिया उपस्थित पाहुनाको थियो । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने चलचित्रमा यसको असर र प्रभावको कथा भनिएको छ ।

अभिनेत्री पूजा शर्माले ‘भाईरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक चलचित्र बनेको प्रतिक्रिया दिइन् । ‘पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने परिपाटी हराउँदै गएको भन्दै आफुलाई टिजर रिलिज देखि नै चलचित्र हेर्ने इच्छा रहेको र प्रिमियरमा निम्तो मिलेसँगै सिनेमा हेर्न हल पुगेको त्यसमाथी चलचित्र पनि सुन्दर बनेको पाएपछि खुशीका साथ सिनेमा हेर्न अनुरोध गरेकी छु,’ उनले भनिन् ।

चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाईरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । चलचित्र हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, ‘पछिल्लो समय नेपालमा भाईरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी निर्देशक निगम श्रेष्ठले सुन्दर चलचित्र निर्माण गर्नु भएको रहेछ । खुशी लाग्यो सिनेमा हेरिरहँदा चलचित्रको पर्दामा केही नयाँ देख्न पाएँ । जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ । सवैलाई एक पटक हलमा पुगेर चलचित्र हेर्न सिफारिस गर्छु ।’

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ चलचित्रले प्रिमियर शोमा उपस्थित पाहुनाबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले मख्ख देखिन्थे । ‘हामीले यो चलचित्रको लागि निकै मेहनत गरेका थियौं । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ । खुशी लाग्छ । अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ । हेरौं के कस्तो हुन्छ । दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी छौं,’ उनीहरुले भने ।

निर्देशक निगम श्रेष्ठ पनि प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेपछि प्रशन्न मुद्रामा देखिएका थिए । ‘मैले सक्दो मेहनत गरेको छु । आज तपाईहरुलाई मन पर्यो । दर्शकलाई पनि मन पर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने । यो चलचित्रको हिजो मंगलबारदेखि नै देशभरका मल्टीप्लेक्स तथा संगलस्क्रिन हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना चलचित्र स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । चलचित्र ‘भाईरल गोर्खे’का यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरबाट बनेको हाइपका कारण देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् ।

‘भाइरल गोर्खे’ निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रका सह-निर्माता निर्भाना चलचित्र स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com