सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’को सेन्सर पास भएको छ। सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो।

अब चलचित्र सबै उमेरका दर्शकले हेर्न पाउने छन्। चलचित्रका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पासभएसँगै सबै उमेरका दर्शकलाई लक्षित चलचित्र निर्माण गरेको बताए। उनी भन्छन्,‘चलचित्रको सेन्सर पास भएको छ। यो खुशीको कुरा हो। अब सबै उमेरका दर्शकले चलचित्र हेर्न सक्नु हुनेछ। किनभने चलचित्रको नाम नै ‘आ बाट आमा’ हो।’

यस चलचित्रका अभिनेत्री विपना थापा,अर्का अभिनेता प्रदीप रावत भारतबाट प्रचारप्रसारका लागि नेपालमै छन्। उनीहरु आफ्नो चलचित्र प्रचारलाई जतिसक्दो जनमानसमा पुर्याउने चेष्टा गरिरहेका छन्। नेपालमा रहेका अभिनेता पल शाह,उषा उप्रेती,सिमरन पन्त पनि उतिकै जोडतोडका साथ लागेका देखिन्छन्।

चलचित्रमा समावेश गीत ‘लैजा खबर ए हावा’ले दर्शकमाझ निकै लोकप्रिय रहेको छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस चलचित्रमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै चलचित्रको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन्।

चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

चलचित्रको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com