सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’का कलाकारहरु अनुबन्धित हुने क्रम जारी छ। यस चलचित्रका लागि अभिनेता निखिल उप्रेती,अभिनेत्री जसिता गुरुङसँगै अब प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार चलचित्र ‘पारस’ का लागि अनुबन्ध गरेको हो।

चलचित्र ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने चर्चा सुरु हुन थालिसकेको छ। यस बारेमा निर्माण टिमले अहिले को कसको जोडी हो खुलाएको छैन। जसिता अनुबन्धित हुँदा अधिकांशले जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा थियो। तर अब प्रियंका कार्की पनि चलचित्रमा जोडिएपछि को कसको जोडी हुन भन्ने कुरामा दर्शकमाझ कौतुहलता पलाएको देखिन्छ।

एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस चलचित्रमा चर्चामा रहेका कलाकार जाडिदा निर्देशक कृषाले बबालै चलचित्र बनाउन लागेको देखिन्छ। निर्माण टिमले अहिलेसम्म निखिल,जसिताका अलवा प्रियंका कार्की चलचित्रमा हुने जानकारी दिइसकेको छ भने अन्य कलाकारका बारेमा सार्वजनिक गरेका छैनन्। यसबाहेक अन्य कलाकार कोको हुनेछन् भन्ने बारेमा निर्देशक कृषाले विस्तारै जानकारी दिने बताईन्।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्। यस चलचित्रको सुटिङ छिट्टै जाने तयारी निर्माण पक्षको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com