सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’ मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण चलचित्र को छायांकनमा जुटेको छ।
अब यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्। नेपालको पुर्वी जिल्ला धनकुटामा चलचित्रको सुटिङ हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले भने,‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्ने छौँ। कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई चलचित्रका लागि अनुबन्ध गरेका हौँ। थप जानकारी केहि दिनमा नै दिनेछौँ।’
यस चलचित्रमा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतको अभिनय रहने छ।
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रमा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस चलचित्रमा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ। यस चलचित्रको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ।









प्रतिक्रिया