सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार पुरा देश नै यति वेला चुनावी माहोेलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताउँछन् ।

यो चलचित्रको वितरक नेशनल सिने ग्रुपले मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै श्री बुकुरोको रिलिज स्थगित गरिएको जानकारी दिएको हो । यससँगै वितरक संस्थाले नयाँ प्रदर्शन मितिको रुपमा बैशाख १८ गतेलाई फाइनल गरिएको समेत जानकारी दिएको छ । यामे मितिमा अहिले देखिएका कमी कमजोरीलाई सुधार गर्दै व्यापक प्रचार प्रसार सहित रिलिज गरिने जानकारी समेत दिइयो ।

चलचित्रको रिलिज स्थगित भएसँगै निर्देशक सिंहले लेखेका छन्, ‘आधुनिक समाजको उन्नत ब्यवस्था हो, चुनाव । नेताले जित्ने वा हार्ने चुनाव होइन, जनताले चुन्ने चुनावको शुभकामना छ । चुनाव सरेन, हामी सर्यौ । अब भेट वैशाख १८ मा श्री बुकुरो : द होम कलिङ’ ।’ यससँगै यतिवेला दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रिया आफु रि-रिलिजका लागि उत्साहित रहेको पनि बताएका छन् ।

फिल्म रेञ्जको व्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह सिनेमाकी निर्मात्री हुन् ।

पारिवारिक सम्बन्धको कथामा आधारित चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । चलचित्रका गीतमा वसन्त र रञ्जीत गजमेरले संगीत दिएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com