सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ ।

‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको चलचित्रको टिमले प्रचार आरम्भ गरेको हो । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।
रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् ।

मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत फिल्ममा छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । चलचित्रका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।

चलचित्रले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । चलचित्रमा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com