सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली कथानक चलचित्र ´मितज्यू`नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट चलचित्र प्रदर्शन गर्न घोषणा गरेका हुन्। यस यो चलचित्रको प्रदर्शन आगामी जेठ १५ गतेलाई तय गरिएको थियो।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ साैगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्। जसका कारण चलचित्रले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन्।

पोडक्सन म्यानेजर धन बहादुर राई (भान्जा)ले गरेका हुन् भने चलचित्रको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन्।

त्यसै गरि चलचित्रमा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। यस चलचित्रमा बिजिएमको काम शैलेश श्रेष्ठको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। चलचित्रका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। यस चलचित्रमा कोरियोग्राफर मिङ्मा लेप्चाले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com