सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्र ‘पार्वर्ती’शुभुमुहूर्त भएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा चलचित्रको शुभमुर्हूत गर्दै छायाँकन थालिएको हो।

यस चलचित्रलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन्। साथै चलचित्रको मुख्यभुमिकामा उनी आफैले रहने छिन्। नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ।

यतिबेला सबै कलाकारहरु सुटिङ सेटमा नै रहेको कार्यकारी निर्माता शंकर पाण्डेले जानकारी दिए। चलचित्रमा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्।

म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यसचलचित्रमा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्। यस चलचित्रमा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। यसअघि निर्माताको नाम निर्माण टिमले गोप्य राखेको थियो। चलचित्रको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

निर्माण टिमले चलचित्रको प्रदर्शन मिति आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने जानकारी दिइसकेको छ। सोही समयमा नै चलचित्र रिलिज गर्ने उदेश्यका साथ काम फटाफट थालिएको निर्देशक ढुङ्गानाले बताईन्। उनका अनुसार यस चलचित्रको सुटिङ सेड्युल एक महिना आसपासको रहेको छ।यसअघि निता फिल्मस्को व्यानरमा चलचित्र ‘ह्रस्वदीर्घ’निर्माण भएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com