सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो।

सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ। चलचित्रको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्। उनीहरुको केमेष्ट्री मिलेको देखिन्छ। ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

यसअघि चलचित्रको ‘उडि जाउँ भने,म पंक्षी होइन’बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाई रहेको छ। अब अर्को गीतले पनि दर्शकमाझ लोकप्रियता कमाउने देखिन्छ। लोकलयमा आधारित यस गीतलाई दर्शकले युटुबमा अपलोड भएसँगै चर्चा सुरु हुन थालेको छ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको लगानी रहेको यस भने चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।चलचित्रका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ। चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँवरको छ। फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ।

यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै चलचित्रमा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। त्यसैगरि चलचित्रको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस चलचित्रलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com